मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनचाँदी व्यवसायीको गुनासो प्रधानमन्त्री ओलीसमक्ष

2.7K
SHARES
सुनचाँदी व्यवसायीको गुनासो प्रधानमन्त्री ओलीसमक्ष

काठमाडौं । सुनचाँदी क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रस्तावित दुई प्रतिशत विलासिता करप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको प्रतिनिधिमण्डलले उक्त कर व्यवस्था व्यवसायविनाशकारी हुने भन्दै फिर्ता लिन आग्रह गरे ।

व्यवसायीहरूको भनाइमा, छिमेकी भारतभन्दा बढी कर र भन्सार दर भएका कारण नेपाली बजार प्रतिस्पर्धी बन्न सक्दैन । ‘यो कर लागू भएमा हाम्रो व्यवसाय धरासायी हुने निश्चित छ,’ प्रतिनिधिमण्डलको भनाइ थियो, ‘यदि माग सम्बोधन भएन भने हामी संघर्षको बाटो रोज्न बाध्य हुनेछौं ।’

प्रधानमन्त्री ओलीले भने समस्याको समाधान संवादमार्फत खोजिने बताउँदै सम्बन्धित मन्त्रालयसँग छलफल गरेर व्यवसायीका जायज माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिए । उनले आंदोलनको बाटोमा नजान आग्रह गर्दै समाधानका लागि संयमता अपनाउन आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३, मंगलवार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP