मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा प्रकरण: तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

1.7K
SHARES
भिजिट भिसा प्रकरण: तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

काठमाडौं । भिजिट भिसा सम्बन्धी विवादका सन्दर्भमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले छानबिन प्रक्रिया ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले गृहमन्त्रीले संसदको रोष्टममै अध्ययन र छानबिन समिति ३० दिनभित्र बनाउने घोषणा गरिसकेको स्मरण गराउँदै अब त्यो समय नलागी छानबिन अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘सरकारले अध्ययन र छानबिन समिति बनाउने प्रतिवद्धता गरिसकेको छ,’ उनले भने, ‘हामीले त्यसमा विश्वास गरेका छौं । तर ३० दिन पर्खनुपर्ने अवस्था छैन । केही दिनभित्रै प्रक्रिया अगाडि बढोस् ।’

उनले गृहमन्त्रीले संसदमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकारलाई तत्काल समिति गठन गर्न आग्रह गरे । ‘अब ढिलो गर्नुहुन्न,’ उनले भने, ‘सम्पूर्ण जनभावना समेट्ने गरी छानबिन अगाडि बढोस् ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार २, सोमबार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP