मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बजेट अघि मन्त्रिपरिषद्को बैठक बस्दै

1.6K
SHARES
बजेट अघि मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक हुनुअघि आज (जेठ १५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् सचिवालयमा बस्नेछ ।

यसपछि दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र खर्चको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

बजेट प्रस्तुत हुनु एक घण्टा अघिको मन्त्रिपरिषद् बैठकले बजेट मसौदामा अन्तिम निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १५, बिहीबार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP