मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सदन खुलाउन सभामुखकाे पहल, प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाए

2.1K
SHARES
सदन खुलाउन सभामुखकाे पहल, प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाए

काठमाडौं । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाएका हुन् ।

‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १४, बुधबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP