मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेसन शो भव्य रूपमा सम्पन्न

1.7K
SHARES
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेसन शो भव्य रूपमा सम्पन्न

काठमाडौं । प्रारम्भ फाउन्डेसनको आयोजनामा ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेसन शो सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित उक्त कार्यक्रम नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकारहरूको विशेष उपस्थितिमा सम्पन्न भयो।

फेसन शोमा १० विभिन्न सिक्वेन्स प्रस्तुत गरिएका थिए। आठ जना डिजाइनरहरूले तयार पारेका आकर्षक पोसाकमा ३७ जना मोडल तथा कलाकारले र्‍याम्पमा प्रस्तुति दिए।

प्रारम्भ प्रोडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको माध्यमबाट कलाको प्रोत्साहन गर्दै फेसन क्षेत्रको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले थपे, “यस खालका कार्यक्रमहरूले नेपाली कलाकारिता र फेसन उद्योगलाई थप अघि बढाउन मद्दत गर्ने विश्वास लिएका छौँ। चौथो सिजनसम्म आइपुग्दा धेरै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।”

कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित अभिनेता र अभिनेत्रीहरूले र्‍याम्पमा आफ्नो प्रस्तुति दिएका थिए। सहभागी कलाकारहरूमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का र ¥यापर साकारलगायतका चर्चित नामहरू थिए।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष २, मंगलवार ०५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP