मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

442
SHARES
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बदली हुने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई भूभागमा मौसम प्रायः सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ ।

आज राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । रातिको समयमा देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २९, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP