मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल र राणा

481
SHARES
कांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल र राणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन् भने समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी भएका छन् ।

त्यसैगरी, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् ।

खुला उपसभापतिमा भण्डारीको सर्वाधिक मत
खुला उपसभापति पदको निर्वाचनमा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । विजयी अर्का उम्मेदवार मधु आचार्यले २ हजार ३४२ मत पाएका छन् ।

यस पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा चौधरी निर्वाचित
उपसभापतिको समावेशीतर्फको एक पदमा विनोदकुमार चौधरीले बाजी मारेका छन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाएका छन् ।

त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा प्रदीप पौडेल पहिलो
खुला महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै सर्वाधिक मतसहित जित हासिल गरेका छन् । उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरी दोस्रो विजेताका रूपमा महामन्त्री पदमा निर्वाचित भएका छन् ।

अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

महिला महामन्त्रीमा डिला संग्रौलाको जित
महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन् ।

उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित हुने प्रमुख पदाधिकारीहरूको परिणाम सार्वजनिक भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २६, सोमबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP