मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

520
SHARES
आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ । अन्य भूभागमा भने आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

त्यस्तै, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश र कोशी प्रदेशको तराईमा सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP