मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डाइभर्सन निर्माणपछि बीपी राजमार्गमा साना सवारी सञ्चालन

338
SHARES
डाइभर्सन निर्माणपछि बीपी राजमार्गमा साना सवारी सञ्चालन

काठमाडौं । लगातारको वर्षाका कारण असोज ९ गतेदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण क्षतिग्रस्त सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि राजमार्गमा आवागमन सुरु भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार तत्कालका लागि साना सवारीसाधनलाई मात्र राजमार्गमा सञ्चालन गर्न अनुमति दिइएको छ । सडकको अवस्था हेरेर दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो । नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को घुमाउने तथा रोशी गाउँपालिका–११ र १२ को माम्ती क्षेत्रमा बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको थियो ।

त्यस्तै, नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्ती क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन प्रभावित बनेको थियो ।

सडक डिभिजन कार्यालयले चौकीडाँडामा खोलाको सतहबाट र खोलाभन्दा माथिल्लो भागबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरेको जनाएको छ । अन्य क्षतिग्रस्त स्थानमा पनि आवश्यक मर्मत तथा व्यवस्थापन गरेपछि सवारी सञ्चालन सहज बनाइएको हो ।

कार्यालयका अनुसार अहिले साना सवारीसाधन सञ्चालन भइरहेका छन् । ६ चक्के मालवाहक ट्रक, बस तथा मिनीबसजस्ता ठूला सवारीसाधनलाई भने सडकको अवस्था थप परीक्षण गरेपछि केही घण्टापछि मात्रै सञ्चालनमा ल्याइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १३, मंगलवार ०६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP