मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोले खिजीदेम्बाको फुलमती माविमा क्षति, प्रहरी कार्यालयसमेत जोखिममा

689
SHARES
पहिरोले खिजीदेम्बाको फुलमती माविमा क्षति, प्रहरी कार्यालयसमेत जोखिममा

खिजीफलाटे (ओखलढुंगा) । लगातार भइरहेको वर्षाका कारण ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित फुलमती माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । शुक्रबार गएको पहिरोले विद्यालयको कक्षाकोठासहित डेस्क–बेन्च तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हो ।

पहिरोका कारण विद्यालयको कक्षा २ कोठामा ठूलो क्षति पुगेको छ । पहिरोसँगै आएको लेदो कक्षाकोठाभित्र पसेपछि पठनपाठनका लागि प्रयोग हुने सामग्री तथा डेस्क–बेन्चमा क्षति पुगेको विद्यालयले जनाएको छ ।

पहिरोले विद्यालय परिसरमा रहेका ढल तथा पानी निकासका संरचनासमेत पुरिएका छन् । लेदो र माटो थुप्रिएपछि पानी निकासमा समस्या भएको छ ।

स्थानीय सरकारले वर्षाका कारण विद्यालयमा बिदा घोषणा गरेका कारण पहिरो जाँदा विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित थिएनन् । बिदा नभएको अवस्थामा ठूलो मानवीय क्षति हुन सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।

विद्यालय नजिकैबाट गएको पहिरो इलाका प्रहरी कार्यालय खिजीफलाटेको कार्यालय रहेको भवन आसपाससम्म पुगेको छ । पहिरोका कारण प्रहरी कार्यालयको भवनसमेत जोखिममा परेको छ ।

विद्यालय र प्रहरी कार्यालय दुवै जोखिममा परेपछि थप पहिरोको सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तह तथा सम्बन्धित निकायले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ । क्षतिको थप विवरण संकलन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ९, शुक्रबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP