मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले केन्द्रीय कमिटीमा ३३ जना मनोनीत, १३ जना अन्य दलबाट आएका नेता

533
SHARES
एमाले केन्द्रीय कमिटीमा ३३ जना मनोनीत, १३ जना अन्य दलबाट आएका नेता

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बिहीबार केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका नामलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै उनीहरू मनोनीत भएका हुन् ।

एमालेको विधानअनुसार केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतसम्म सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ । यसै व्यवस्थाअनुसार अध्यक्ष ओलीले ३३ जनाको नाम प्रस्ताव गरेका थिए ।

मनोनीत ३३ जनामध्ये १३ जना भने अन्य राजनीतिक दलबाट एमालेमा आएका नेता रहेका छन् । बाँकी २० जना एमालेकै राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरू हुन् ।

केन्द्रीय कमिटीमा मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती,
विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ गुरुङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाङ्फे, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री र सुरेन्द्र उदास रहेका छन् ।

त्यस्तै, अन्य दलबाट एमालेमा प्रवेश गरेका मोहम्मद इस्तियाक राई, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विस्ट पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

बैठकबाट मनोनयन अनुमोदन भएसँगै उनीहरूले एमाले केन्द्रीय कमिटीमा औपचारिक रूपमा जिम्मेवारी पाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP