मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभाबाट तीन विधेयक अघि बढाउने प्रस्ताव स्वीकृत

663
SHARES
प्रतिनिधि सभाबाट तीन विधेयक अघि बढाउने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव पनि प्रतिनिधि सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

तीनवटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले विधेयकका विभिन्न प्रावधानबारे पक्ष तथा विपक्षमा धारणा राख्दै प्रश्न गरेका थिए । सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका थिए ।

यसैबीच, बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । उनले उक्त विधेयक संसद्मा प्रस्तुत गर्न अनुमति मागेपछि विधेयक प्रतिनिधि सभामा पेस गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ७, बुधबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP