मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले बुझाइन् राजीनामा

533
SHARES
ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले बुझाइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् ।

देशभर करिब एक महिनादेखि खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि मन्त्री यादवमाथि आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्दै दबाब बढ्दै आएको थियो । ग्यासका लागि उपभोक्ताहरू घाम–पानी नभनी घण्टौँ तथा कयौँ दिनसम्म लाइन बस्नुपर्ने अवस्था बनेको छ ।

यसैबीच, बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन नसकेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले उद्योगीका कारण आफू निरीह भएर बस्नुपरेको गुनासो गरेकी थिइन् ।

बैठकमा उनले उपभोक्तालाई ग्यास उपलब्ध नगराउने उद्योगीमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखेकी थिइन् । हाल देशभर ग्यास आपूर्ति गर्ने ५८ वटा उद्योग रहेको उल्लेख गर्दै उनले ती उद्योग खारेज गरेर नेपाल आयल निगमले नै ग्यास उद्योग सञ्चालन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेकी थिइन् ।

मन्त्री यादवले उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि उद्योगीहरूले बुधबार नै प्रधानमन्त्री बालेन शाहको सचिवालयमा गुनासो गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उद्योगीहरूलाई बोलाएर विवाद साम्य पार्ने प्रयास गरेको थियो ।

तर, उद्योगीहरूले मन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याए ग्यास आपूर्ति नै रोक्ने चेतावनी दिएका थिए । यहीबीच मन्त्री यादवले राजीनामा बुझाएकी हुन् ।

ग्यासको नियमित आपूर्ति हुन नसक्दा अहिले देशभरका उपभोक्ता चरम समस्यामा परेका छन् । सरकार र व्यवसायीबीचको विवादका कारण सर्वसाधारणले खाना पकाउने ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने बाध्यता झेलिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २५, बिहीबार ०८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP