मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवा बाढी: मृतकको संख्या ७३४ पुग्यो, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

299
SHARES
रसुवा बाढी: मृतकको संख्या ७३४ पुग्यो, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७ सय ३४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहानसम्म विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ जनाको भेटिएको छ । त्यस्तै धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२ र रसुवामा १३ जनाको शव फेला परेको छ ।

बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जलविद्युत आयोजनामा कार्यरत व्यक्ति तथा विदेशी नागरिकसमेत छन् ।

नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । यसैगरी रसुवाका ५६२ र नुवाकोटका ११५ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

विभिन्न जलविद्युत आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन छन् । मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९८ जना, विदेशी पर्यटकसँगै रहेका १२७ जना नेपाली तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट २४२ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि सर्जिकल र मेडिकल टोली परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनाको उद्धार गरेका छन् ।

जलविद्युत आयोजनाका सुरुङमा फसेका २७९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, अहिलेसम्म २२७ जना विदेशी नागरिकको समेत हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । शव पहिचान तथा आफन्तको खोजीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी १९ हजार ८९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १४, आईतवार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP