मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढीमा परी मृत व्यक्तिको कानबाट गहना निकाल्ने दुई जना पक्राउ

741
SHARES
बाढीमा परी मृत व्यक्तिको कानबाट गहना निकाल्ने दुई जना पक्राउ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शवबाट कानको गहना निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकको शवबाट कानको मुन्द्रा निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो । भिडियोको आधारमा पहिचान तथा अनुसन्धान अघि बढाउँदा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

प्रहरीका अनुसार दुवै जनाले नदीमा डुबिरहेको शवलाई लठ्ठीले घोच्दै पल्टाएर मृतकको कानमा रहेको गहना निकालेका थिए । उक्त घटनाको भिडियोसमेत उनीहरूले खिचेको वा सार्वजनिक भएको देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको थियो ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको व्यापक आलोचना भएको थियो । विपद्का बेला ज्यान गुमाएका व्यक्तिको शवप्रति समेत अमानवीय व्यवहार गरिएको भन्दै प्रयोगकर्ताहरूले दोषीमाथि कानुनी कारबाहीको माग गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ । उनीहरूले गहना निकाल्नुको उद्देश्य, घटनामा अन्य व्यक्तिको संलग्नता तथा भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा मृतकको शवबाट गहना निकालिएको घटनाले मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार १२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP