मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्ने लामिछानेको चेतावनी

247
SHARES
परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्ने लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारीअनुसार परिणाम दिन नसके फेरि अर्को ‘भदौ २३’ जस्तो परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डमा आयोजित रास्वपाको कार्यक्रममा बोल्दै लामिछानेले युवालाई राजनीतिमा ल्याएको उपलब्धिलाई परिणाममार्फत प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

उनले गत वर्ष भदौ २३ मा शक्तिशाली दुई तिहाइको सरकार अचानक संकटमा परेको प्रसंग उल्लेख गर्दै राजनीतिक परिवर्तनका लागि बनेको नयाँ भाष्यलाई कामबाटै पुष्टि गर्न नसके रास्वपा पनि संकटमा पर्न सक्ने बताए ।

‘गत वर्षको भदौ २१, २२ गतेसम्म सबै ठीकठाक थियो। दुई तिहाइको सरकार थियो, शक्तिशाली दुई पार्टी सरकारमा थिए । तर हेर्दाहेर्दै भदौ २३ आयो,’ उनले भने ।

लामिछानेले रास्वपाले आफ्नो जिम्मेवारी पूरा गर्न नसके युवाबाट राजनीति सम्भव हुँदैन भन्ने धारणा स्थापित हुन सक्ने बताए । उनका अनुसार त्यसको सबैभन्दा ठूलो असर युवाको नेतृत्व र राजनीतिक परिवर्तनका पक्षमा उभिएको पुस्तामाथि पर्नेछ ।

‘यदि हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने केही वर्षभित्रै युवाले रहर गरेर राजनीति गर्न सक्दैनन्, अनुभव नभएका व्यक्तिबाट राजनीति सम्भव हुँदैन भन्ने भाष्य बन्न सक्छ,’ उनले भने ।

उनले युवाको नेतृत्व स्थापित गर्न सफल भएको भन्दै मात्र उत्सव मनाउनेभन्दा त्यसलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा जोड दिए ।

परिपक्वता, अनुभव र उमेर नै राजनीतिका लागि अनिवार्य हुन्छ भन्ने धारणा स्थापित भए भविष्यमा युवाको राजनीतिक सहभागिताका लागि त्यो घातक बन्न सक्ने उनको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २७, बुधबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP