मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कप्तानगन्ज घटनामा थप एक घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो

208
SHARES
कप्तानगन्ज घटनामा थप एक घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप ढुंगानाका अनुसार २१ वर्षीय रवीन्द्रकुमार मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । गोली लागेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

कप्तानगन्जमा साउन ९ गते दुई समूहबीच सुरु भएको विवादले उग्र रूप लिएपछि अवस्था नियन्त्रणमा लिन साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए । उक्त क्रममा स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए ।

घटनापछि उपचाररत रहेका अर्का घाइते २२ वर्षीय जयप्रकाश मेहताको पनि गत बिहीबार विराटनगरमा उपचारकै क्रममा मृत्यु भएको थियो । मंगलबार रवीन्द्रकुमार मेहताको पनि निधन भएसँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

प्रहरीका अनुसार घटनामा घाइते भएका केही व्यक्तिको अवस्था अझै गम्भीर रहेकाले उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १९, मंगलवार ०७:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP