मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दोलखामा पहिरोको दुःखद घटना: चार महिनाकी शिशुको मृत्यु, आमा काठमाडौं रिफर

650
SHARES
दोलखामा पहिरोको दुःखद घटना: चार महिनाकी शिशुको मृत्यु, आमा काठमाडौं रिफर

दोलखा । दोलखामा पहिरोमा पुरिँदा चार महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । अविरल वर्षापछि खसेको पहिरोमा आमाछोरी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलकी १९ वर्षीया शर्मिला थामी र उनकी चार महिनाकी छोरी एलिना थामी आइतबार राति पहिरोमा परेका थिए । उपचारका क्रममा शिशु एलिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार घटना राति करिब ९ः०० बजे भीमेश्वर नगरपालिका–१ सुस्पा क्षेत्रमा भएको हो । शर्मिला माइतीघरबाट छोरीलाई लिएर घर फर्किरहेका बेला सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङपोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

सडक बन्द भएपछि उनी गाडीबाट ओर्लिएर पैदल हिँड्न थालेकी थिइन् । सोही क्रममा माथिबाट एक्कासी पहिरो खस्दा आमाछोरी दुवै पुरिएका थिए ।

स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए । तर अस्पतालमा पुग्नेबित्तिकै चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २९, सोमबार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP