मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बैंककको बारमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

442
SHARES
बैंककको बारमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागीपछि घटनास्थल पुगेका उद्धारकर्मीले अधिकांश मृतकको शव भवनको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला पारेका थिए । प्रारम्भिक जानकारीअनुसार आगो र बाक्लो धुवाँबाट बच्न त्यहाँ लुकेका उनीहरू बाहिर निस्कन नसक्दा ज्यान गएको हो ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनास्थलको निरीक्षणपछि आगलागीको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार घटनाको समयमा सांगीतिक प्रस्तुति दिइरहेका एक कलाकारले विद्युत् स्विचमा आगो लागेपछि विस्फोट भएको र त्यसपछि केही क्षणमै आगो तीव्र रूपमा फैलिएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बैंककको चातुचक जिल्लामा रहेको ‘रोङ बियर ना लाट फ्राओ’ बार तथा मनोरञ्जनस्थलमा भएको आगलागीमा ९ पुरुष र १८ महिलाको मृत्यु भएको पुष्टि भएको छ । आगो करिब आधा घण्टापछि नियन्त्रणमा आए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो ।

घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा बारभित्रका फर्निचर, भित्ताहरू र छत पूर्ण रूपमा जलेर कालो भएको देखिएको छ भने भवनबाहिर शव राखिएका झोलाहरूको लाम देख्न सकिन्छ ।

बैंककका गभर्नर चाचार्ट सित्तिपुन्टले बारभित्र प्रयोग गरिएका ज्वलनशील सजावटी सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको प्रारम्भिक निष्कर्ष रहेको बताएका छन् । साथै, आपत्कालीन निकास मार्गमा सामान बिक्रीका टेबुल राखिएकाले मानिसहरू बाहिर निस्कन कठिन भएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले यसबारे फरेन्सिक टोलीबाट विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार राति करिब ११ः३० बजे एक यात्रुले बारमा आगो लागेको देखेपछि दमकललाई खबर गरेका थिए । ती यात्रुले आफ्नै प्रयासमा सवारीबाट ओर्लिएर सिसा फुटाई दुई जनाको उद्धार गर्न सफल भएको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २९, सोमबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP