मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणेश मृत्युबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘सरकारले बचाउन कुनै कसर बाँकी राखेन’

702
SHARES
गणेश मृत्युबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘सरकारले बचाउन कुनै कसर बाँकी राखेन’

काठमाडौं । गणेश नेपालीको मृत्युको विषयमा प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उनलाई बचाउन सम्भव सबै प्रयास गरेको बताएका छन् । सांसदहरूले घटनाको व्यवस्थापन र उपचार प्रक्रियामाथि प्रश्न उठाएपछि उनले सदनमै विस्तृत स्पष्टीकरण दिएका हुन् ।

गृहमन्त्री गुरुङका अनुसार गणेश नेपालीलाई तत्काल उद्धार गरी उपचारका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइएको थियो । श्री एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको, उडान अनुमति समेत लिइएको तर चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था स्थिर नभएसम्म सार्न नमिल्ने सुझाव दिएका कारण तत्काल स्थानान्तरण गर्न नसकिएको उनले बताए । उनका अनुसार गणेश नेपालीको रक्तचाप अत्यन्त कम भएकाले चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाइएको थियो ।

उनले घटनालाई लिएर सरकारमाथि अनावश्यक आरोप लगाइएको भन्दै कसैको व्यक्तिगत पीडालाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे । सरकार आफ्नो जिम्मेवारीबाट एक इन्च पनि पछि नहट्ने उल्लेख गर्दै अथक प्रयासका बाबजुद गणेश नेपालीलाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरे । आफूले सदनमा कुनै असत्य कुरा नबोल्ने भन्दै जनताप्रति उत्तरदायी भएर मात्रै बोलिरहेको उनको भनाइ थियो ।

सदनमा बोल्ने क्रममा गृहमन्त्रीले विपक्षी दलका सांसदहरूलाई संसद्को गरिमा कायम राख्न आग्रह गर्दै राष्ट्रिय हितका विषयमा सबै दल एउटै डुंगामा सवार हुनुपर्ने धारणा राखे । उनले सरकार सञ्चालनको संवैधानिक संरचनाबारे पनि चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रहेको बताए ।

यस क्रममा उनले काठमाडौं महानगरपालिकाको भूमिकामाथि पनि प्रश्न उठाए । महानगरमा आफ्नो पार्टीको नेतृत्व नभएको उल्लेख गर्दै ह्वील लक लगायतका स्थानीय तहका निर्णयका कारण बिहीबारको घटना प्रभावित भएको उनको दाबी थियो । स्थानीय सरकारको जिम्मेवारी संघीय सरकारमाथि थोपर्न नहुने भन्दै उनले विपक्षी दललाई त्यसबारे आत्मसमीक्षा गर्न आग्रह गरे ।

गृहमन्त्री गुरुङले हाल कार्यान्वयन भइरहेका कानुनहरू अघिल्ला सरकारकै पालामा बनेका भएकाले वर्तमान सरकारले तिनै कानुनअनुसार काम गरिरहेको बताए । ट्राफिक व्यवस्थापन र स्थानीय तहसँग सम्बन्धित निर्णयहरूमा संघीय सरकारलाई मात्रै दोष दिन नमिल्ने उनको तर्क थियो ।

जवाफका क्रममा केहीबेर भावुक देखिएका गुरुङले सरकारले कुनै पनि नागरिकको जीवनप्रति संवेदनशील भएर काम गरिरहेको दोहोर्याउँदै गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २६, शुक्रबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP