मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस इतर समूह राष्ट्रिय भेलातर्फ, १५औँ महाधिवेशनको रणनीति चुनदेवीबाट अघि बढाइने

481
SHARES
कांग्रेस इतर समूह राष्ट्रिय भेलातर्फ, १५औँ महाधिवेशनको रणनीति चुनदेवीबाट अघि बढाइने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी राजनीतिक रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले असार महिनाभित्रै राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता मीन विश्वकर्माले राष्ट्रिय भेलाको मिति असार २२ गते चुनदेवी, महाराजगञ्जस्थित नवस्थापित सम्पर्क कार्यालयमा बस्ने बैठकले तय गर्ने जानकारी दिए । उनका अनुसार अब १५औँ महाधिवेशनसँग सम्बन्धित सबै तयारी, छलफल र रणनीतिक गतिविधि सोही कार्यालयबाट सञ्चालन गरिनेछ ।

विश्वकर्माले पार्टीभित्रको आन्तरिक संवादलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गर्दै अब त्यसलाई संस्थापन इतर समूहको समन्वय केन्द्रका रूपमा प्रयोग गरिने बताए । उनले महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन नियमित बैठक, परामर्श र आवश्यक निर्णयहरू त्यहीँबाट गरिने जानकारी दिए ।

बैठकमा पछिल्लो समय संस्थापन पक्षसँग भएका संवादबारे पनि समीक्षा गरिएको थियो । संवादमा सहभागी नेताहरूले संस्थापन पक्षसँग भएका भेटवार्ताको जानकारी गराउँदै हालसम्म कुनै ठोस सहमति वा सकारात्मक प्रगति हुन नसकेको बताएका थिए ।

संस्थापन पक्ष पार्टीभित्रको विवाद समाधान र सहमतिमार्फत अघि बढ्न पर्याप्त गम्भीर नदेखिएको साझा निष्कर्ष बैठकले निकालेको जनाइएको छ । यही कारण अब पार्टीभित्रको आगामी राजनीतिक दिशा र रणनीति राष्ट्रिय भेलाबाट तय गर्नुपर्ने धारणा नेताहरूले राखेका छन् ।

बैठकमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, श्याम घिमिरेलगायत नेताहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय भेलाको निर्णयसँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी र आन्तरिक शक्ति सन्तुलनबारे राजनीतिक गतिविधि थप तीव्र हुने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १९, शुक्रबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP