मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इंग्ल्यान्डको दमदार सुरुआत, क्रोएसियामाथि ४–२ को जित

117
SHARES
इंग्ल्यान्डको दमदार सुरुआत, क्रोएसियामाथि ४–२ को जित

काठमाडौं । फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘एल’ अन्तर्गत अमेरिकाको डालासमा गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले दुई गोल गरे भने जुड बेलिङघम र मार्कुस र्‍यासफोर्डले एक–एक गोल थपे ।

खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर ३६औँ मिनेटमा मार्टिन बिउटुरिनाले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरीमा फर्काए ।

पहिलो हाफको अन्त्यअघि ४२औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पुनः अग्रता दिलाए । यद्यपि इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकियो ।

दोस्रो हाफ सुरु भएको केहीबेरमै जुड बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अवस्थामा पुर्‍याए । त्यसपछि खेलको ८५औँ मिनेटमा मार्कुस र्‍यासफोर्डले गोल थप्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे ।

पहिलो हाफमा आक्रामक देखिएको क्रोएसिया दोस्रो हाफमा भने इंग्ल्यान्डको दबाब झेल्न बाध्य भयो । यो जितसँगै इंग्ल्यान्डले विश्वकप अभियान सुखद् ढंगले सुरु गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ४, बिहीबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP