मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाट नियन्त्रणमा

910
SHARES
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाट नियन्त्रणमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरस्थित उनको गुण्डु निवासबाट पक्राउ गरेको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा मध्यरातिदेखि नै टोली परिचालन गरेको थियो । उक्त टोलीमा भक्तपुर प्रहरीका विभिन्न युनिट पनि संलग्न रहेका थिए ।

प्रहरी टोली पुग्दा ओली सुतिसकेका कारण तत्काल पक्राउ नगरी निवास वरपर सुरक्षा घेरा कायम गरिएको थियो । बिहान उठेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउपछि ओली आफ्नै सवारी साधनमार्फत प्रहरीको साथमा महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानतर्फ लगिएका छन् । उनीमाथि आवश्यक कानुनी प्रक्रिया आइतबार पूरा गरिने बताइएको छ ।

यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) को नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले ओलीलाई पक्राउ गर्न लिखित आदेश जारी गरेको थियो । सोही आदेशअनुसार प्रहरी परिचालन गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १४, शनिबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP