मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फरार रहेका कैदीबन्दी पक्राउ

2.7K
SHARES
फरार रहेका कैदीबन्दी पक्राउ

काठमान्डु । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका टसी तामाङलाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का तामाङलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौंस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ९, बुधबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP