मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

किरातीको पाँच प्रस्तावः लिखित प्रतिबद्धता भए मात्र सहयात्रा सम्भव

1.4K
SHARES
किरातीको पाँच प्रस्तावः लिखित प्रतिबद्धता भए मात्र सहयात्रा सम्भव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले पार्टीभित्र रूपान्तरणको दिशामा पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । उनले नेताहरूले पार्टी रूपान्तरणका विषयमा स्पष्ट लिखित प्रतिबद्धता बिना कुनै पनि सहयात्रा सम्भव नहुने बताएका छन् ।

उनले हालको पार्टी संरचना, नेतृत्व शैली र विचारगत दिशाबारे असन्तुष्टि जनाउँदै नयाँ संरचना निर्माण, तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण र आन्तरिक एकतालाई पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेका छन् ।

पहिलो प्रस्तावमा विधान संशोधनमार्फत नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गर्ने भनिएको छ । आवश्यक परे संरक्षकले पार्टी विघटन गरी अधिवेशनको घोषणा गर्न पाउने व्यवस्था पनि उल्लेख गरिएको छ ।

दोस्रो प्रस्तावमा हाल चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दा टुंगोमा पुग्ने अघि हुने कुनै पनि अपूर्ण वा अपवित्र एकता प्रक्रिया तत्काल रोक्न माग गरिएको छ । उनलले पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावनाविपरीत व्यक्तिहरूसँगको एकता ‘अनैतिक र अस्वीकार्य’ भएको बताएका छन् ।

तेस्रो बुँदामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारी संरचनालाई निर्देशक कमिटीमा रूपान्तरण गर्ने सुझाव दिइएको छ ।

चौथो बुँदामा स्थायी समितिदेखि अग्रज नेताहरूसम्मको सहभागिता रहने एक केन्द्रीय राजनीतिक समिति गठन गर्ने प्रस्ताव गरिएको छ, जसले राष्ट्रिय महत्त्वका निर्णय र सांसद चयन अधिकार पनि प्रयोग गर्ने व्यवस्था विधानमै गर्नुपर्ने भनिएको छ ।

पाँचौं बुँदामा तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिने, र सो पुस्ताले पुराना नेताहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टीलाई नयाँ दिशा दिने सुझाव गरिएको छ ।

किरातीले यी पाँच विषयलाई ‘माओवादी पार्टी रूपान्तरणको एकमात्र विकल्प’का रूपमा प्रस्तुत गर्दै भनेका छन्, “यस्तो लिखित सहमति र प्रतिबद्धता बिना रूपान्तरण होइन, केवल रूप सजावट मात्र हुनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP