मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदलीको स्थिति, कोशीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

2.2K
SHARES
देशभर बदलीको स्थिति, कोशीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बादल लाग्ने र केही क्षेत्रमा भारी वर्षा समेत हुन सक्ने सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका पहाडी तथा तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ ।

महाशाखाले भारी वर्षासँगै पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू(भागमा साधारणतया बदली रहनेछ भने तराई भू(भागमा आंशिक बदली हुने अनुमान गरिएको छ । यी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू(भागमा एक(दुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ ।

मौसममा देखिएको यो परिवर्तन आगामी केही दिनसम्म रहिरहने भएकाले यात्रु, किसान तथा नदी किनारका बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP