मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन विश्वविद्यालयको पठनपाठन बन्द, कात्तिक ११ गतेसम्म बिदा

2.1K
SHARES
त्रिभुवन विश्वविद्यालयको पठनपाठन बन्द, कात्तिक ११ गतेसम्म बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मुलुकभर विद्यमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले यो वर्षको हिउँदे बिदा कटौती गर्नेगरी लामो बिदा दिने सूचना जारी गरेको हो ।

सूचना त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले सार्वजनिक गरेका हुन् । उनका अनुसार बिदा अवधि दशैं, तिहार र छठ पर्व समेत पार गरेर लामो समयसम्म रहनेछ ।

सूचनामा भदौ २९, ३० र ३१ गते तथा असोज १, २, ५ र ९ गते बिदा दिइएको उल्लेख छ । यस अनुसार नियमित पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सुरु हुनेछ ।

यो निर्णयले त्रिविमा अध्ययनरत विद्यार्थी र संलग्न शिक्षकहरूका लागि समय व्यवस्थापनमा केही चुनौती आउन सक्ने देखिएको छ। विश्वविद्यालयले भने भविष्यमा हुने कक्षाहरूलाई तीव्र रूपमा सञ्चालन गर्दै शैक्षिक क्यालेन्डर समायोजन गर्ने संकेत दिएको छ।

त्रिवि प्रशासनले कात्तिक ११ गतेपछि नियमित पठनपाठनलाई तीव्रता दिने योजना बनाइरहेको जनाइएको छ। महामारीपछिको प्रभाव, राष्ट्रिय पर्वहरूको भीड, र हालको असामान्य अवस्था कारण त्रिविमा पठनपाठन नियमित गर्न चुनौती भइरहे पनि विश्वविद्यालयले आवश्यक समायोजनका लागि तयारी गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP