मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“बिचौलियासँग गाँसिनेहरूलाई माओवादीमा स्थान छैन” :प्रचण्ड

2.1K
SHARES
“बिचौलियासँग गाँसिनेहरूलाई माओवादीमा स्थान छैन” :प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलिया र दलाल प्रवृत्तिलाई पार्टीभित्र स्थान नदिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीकै केही नेताहरू दलाल पुँजीवाद र चन्दा संकलनजस्ता नकारात्मक प्रवृत्तिमा अड्किएको स्वीकार गरे ।

बिचौलिया प्रवृत्तिले पार्टी कमजोर
“शान्ति प्रक्रियापछि समाजवादी बन्नुपर्नेमा कतिपय साथीहरू उल्टै दलाल र बिचौलियाजस्ता बनेका छन्,” प्रचण्डले भने, “त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको छ । अब हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नुपर्छ ।”

उनका अनुसार यस्तो प्रवृत्ति लामो समयसम्म पार्टीभित्र टिक्न सक्दैन ।

समाजवादको बाटो : उत्पादन संघर्ष
माओवादी केन्द्रलाई समाजवादतर्फ रुपान्तरण गर्ने प्रमुख आधार उत्पादन संघर्ष हुने उनले स्पष्ट पारे ।

“समाजवादतर्फ अघि बढ्न उत्पादन नै मेरुदण्ड हो,” उनले भने, “उत्पादन संघर्षमा सिङ्गो पार्टी केन्द्रित नभएसम्म समाजवाद सम्भव हुँदैन।”

हेटौंडा महाधिवेशनले लिएको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णयलाई अझै व्यवहारमा ल्याउन नसकिएको उनले स्वीकार गरे । आगामी दिनमा जनतासँग प्रत्यक्ष जोडिने, समुदायमा फर्किने र उत्पादनलाई प्राथमिकतामा राख्ने अभियान सञ्चालन गर्ने उनले घोषणा गरे ।

आत्मनिर्भर अर्थतन्त्र र सहकारी आन्दोलन
प्रचण्डले कृषि, उद्योग, जडीबुटी तथा पर्यटनजस्ता स्थानीय स्रोत–सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको भ्रुणका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सहकारी आन्दोलनलाई समेत जनमुखी र समाजवादी दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

शुसासन र दलालविरुद्धको संघर्ष
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा संघर्ष गरेको दाबी गर्दै उनले माओवादी केन्द्र त्यस्ता प्रवृत्तिलाई साथ दिन सक्ने अवस्थामै नरहेको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP