मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माङसेबुङ गाउँपालिकामा सरकारी कामकाज लिम्बू भाषामा चलाउने तयारी

2.4K
SHARES
माङसेबुङ गाउँपालिकामा सरकारी कामकाज लिम्बू भाषामा चलाउने तयारी

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई आधिकारिक कामकाजी भाषाका रूपमा लागू गर्ने तयारी अघि बढाएको छ ।

कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी काममा प्रयोग गर्ने प्रक्रिया अघि बढाइरहेको बेला माङसेबुङले गाउँपालिकाभित्रैबाट लिम्बू भाषालाई कार्यालयीन प्रयोजनमा प्रयोग गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार किरात श्रीजंगा लिपिमा लेखिने लिम्बू भाषालाई कामकाजमा लागू गर्न एक जना ‘भाषिक सहजकर्ता’ (सहायक पाँचौँ तह) नियुक्त गर्ने तयारी भएको छ ।

भाषिक सहजकर्ताका लागि आवेदन खुला गर्दा ६ जनाको दरखास्त परेको र अब आउने भदौ ४ गते लिखित÷छनोट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईका अनुसार यो नियुक्ति ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण तथा विकास कार्यान्वयन निर्देशिका–२०७५’ र ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि–२०७४’ बमोजिम हुनेछ । नियुक्त भएपछि उक्त सहजकर्ताले नेपाली–लिम्बू दुवै भाषामा अनुवादको जिम्मेवारी सम्हाल्नेछन् ।

गाउँपालिका भित्रै विशेष कार्यक्रम गरी लिम्बू भाषालाई आधिकारिक कामकाजको भाषाका रूपमा घोषणा गरिने अध्यक्ष राईले बताए । उनका अनुसार जातीय र भाषिक पहिचान संरक्षणको लागि नेपालमै पहिलोपटक माङसेबुङ गाउँपालिकाले सम्पूर्ण कार्यालयीन कामकाजमा लिम्बू भाषा लागू गर्न लागिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार ८१० जनसंख्या रहेको यस गाउँपालिकामा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ । यसअघिदेखि नै माङसेबुङ–५ वडा कार्यालयले लिम्बू भाषामा कामकाज गर्दै आएको छ, जहाँ २०७६ सालदेखि चौथो तहका एक भाषा सहजकर्ता कार्यरत छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP