मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन नयाँ न्यायाधीशले शपथ लिए, आजैबाट कार्यभार सम्हाले

3.1K
SHARES
तीन नयाँ न्यायाधीशले शपथ लिए, आजैबाट कार्यभार सम्हाले

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मंगलबार आयोजित समारोहमा न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथ गराएका हुन् ।

तीनै जनालाई न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथ लिएलगत्तै उनीहरूले आजैदेखि आफ्नो जिम्मेवारी सम्हाल्न थालेका छन् ।

यससँगै, प्रधानन्यायाधीश राउतले न्याय परिषद्को सदस्यमा नियुक्त महेशकुमार नेपाललाई पनि पद तथा गोपनीयताको शपथ गराएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीशले संविधानबमोजिम नेपाललाई शपथ गराएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २४, मंगलवार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP