मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गर्‍यो

1.8K
SHARES
काठमाडौं महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।

महानगरको शिक्षा विभागले सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका तय गर्दै आवेदन प्रक्रिया सुरु गरिएको हो ।

इच्छुक विद्यार्थीहरूले असार २७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । फाराम काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मा गई भर्न सकिनेछ ।

छात्रवृत्तिका लागि लिइने छनोट परीक्षा साउन ३ गते बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने जानकारी महानगरले दिएको छ ।

यो कार्यक्रम काठमाडौं महानगर क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP