मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हालान्डको विश्वकप डेब्युमा दुई गोल, नर्वेको शानदार जित

286
SHARES
हालान्डको विश्वकप डेब्युमा दुई गोल, नर्वेको शानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ । स्टार फरवार्ड एर्लिङ हालान्डले विश्वकप डेब्यु खेलमै दुई गोल गर्दै नर्वेको जितमा निर्णायक भूमिका खेले ।

खेलको २८औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ‘हाइड्रेसन ब्रेक’ लगत्तै भएको यो गोलले नर्वेलाई खेलमा बलियो बनाएको थियो ।

तर त्यसको १० मिनेटपछि इराकका कप्तान आयमेन हुसेनले शानदार हेडरमार्फत बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए ।

इराकको खुशी धेरैबेर टिक्न सकेन । ४२औँ मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए । यो गोल इराकका गोलरक्षक जलाल हसनको ठूलो गल्तीका कारण सम्भव भएको थियो ।

डिफेन्डरले गोलरक्षकतर्फ पास गरेको बल नियन्त्रण गर्न हसन अघि बढेनन् । त्यसको फाइदा उठाउँदै हालान्डले दबाब सिर्जना गरे र गोलरक्षकले हानेको बल उनैको शरीरमा लाग्दै गोलमा परिणत भयो ।

यो गोलसँगै २५ वर्षीय हालान्ड नर्वेका लागि सर्वाधिक गोलकर्ताको सूचीमा केटिल रेक्डालसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगे । उनले यो उपलब्धि केवल ४३ अन्तर्राष्ट्रिय खेलमै हासिल गरेका हुन् ।

दोस्रो हाफमा नर्वेले आफ्नो दबाब कायम राख्यो । खेलको ७५औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नरमा लियो ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ मा पुर्‍याए ।

अतिरिक्त समयमा हालान्डको हेडर क्लियर गर्ने क्रममा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित दर्ता गर्‍यो।

नर्वेले आफ्नो दोस्रो खेलमा जुन २३ मा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३, बुधबार ०१:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP