मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुरुङ फेरि गृहमन्त्री, महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

403
SHARES
गुरुङ फेरि गृहमन्त्री, महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो ।

गोरखा–१ बाट निर्वाचित सुधन गुरुङ यसअघि पनि गृहमन्त्री थिए । सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए । पछि सरकारले गठन गरेको छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन् ।

यता म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा कार्यरत थिए । फागुन २१ मा भएको निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २६, मंगलवार ११:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP