मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन हर्क साम्पाङको माग

520
SHARES
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सीमासँग जोडिएका विषय अत्यन्त संवेदनशील भएकाले त्यसबारे व्यक्त गरिएको भनाइ स्पष्ट र तथ्यपरक हुनुपर्ने बताएका हुन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । उनले सीमाको विषय राष्ट्रिय हितसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यसलाई सामान्य रूपमा लिन नहुने बताए ।

‘सीमाको विषय देशको सार्वभौमसत्तासँग जोडिएको प्रमुख मुद्दा हो । यसबारे व्यक्त गरिएको अभिव्यक्ति अविलम्ब सच्याइनुपर्छ,’ साम्पाङले संसद्मा भने ।

उनले प्रधानमन्त्रीले माफी माग्नुपर्नेभन्दा पनि आफ्नो भनाइ सच्याउनुपर्नेमा जोड दिए । गलत सन्देश जाने गरी अभिव्यक्ति आएको भए त्यसलाई स्पष्ट पार्न र अभिलेख सच्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

साम्पाङले प्रधानमन्त्रीको भनाइ अरू कसैले आएर सच्याउने कुरा स्वीकार्य नहुने समेत बताए । संसद्मा व्यक्त गरिएको अभिव्यक्ति सम्बन्धित व्यक्तिले नै स्पष्ट पार्नुपर्ने उनको तर्क थियो ।

‘अरूले आएर स्पष्टीकरण दिने वा सच्याउने कुरा मान्य हुँदैन । प्रधानमन्त्रीले स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ,’ उनले भने ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार ०८:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP