मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिलिपिन्समा शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका देशमा सुनामी सतर्कता

416
SHARES
फिलिपिन्समा शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका देशमा सुनामी सतर्कता

काठमाडौं । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापु नजिक सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त क्षेत्रका विभिन्न देशमा सुनामीको जोखिमबारे चेतावनी जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान करिब ७ः४० बजे तटीय क्षेत्र केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको धक्का फिलिपिन्सका विभिन्न भागसँगै छिमेकी मुलुकका समुद्री किनार आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ ।

भूकम्पपछि समुद्रमा असामान्य छाल उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै फिलिपिन्स, इन्डोनेसिया र जापानका सम्बन्धित निकायहरूले तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अमेरिकी अधिकारीहरूले पनि समुद्री किनार, बन्दरगाह तथा तल्लो तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा जान सर्वसाधारणलाई सुझाव दिएका छन् ।

फिलिपिन्सको भूकम्प मापन केन्द्रले केही स्थानमा एक मिटरसम्म अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी दिएको छ । यससँगै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल उचाइ भएका सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ ।

इन्डोनेसियाले आफ्नो उत्तर–पूर्वी तटीय क्षेत्रमा र जापानले प्रशान्त महासागर किनारका विभिन्न भूभागमा सुनामी सम्बन्धी पूर्वसूचना जारी गर्दै सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका छन् ।

भूकम्पपछिको अवस्थाबारे निगरानी जारी रहे पनि हालसम्म मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन । अधिकारीहरूले स्थिति नजिकबाट अवलोकन गरिरहेको बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP