मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बकर ईदमा सार्वजनिक बिदा, लगातार चार दिन सरकारी कार्यालय बन्द हुने

1.1K
SHARES
बकर ईदमा सार्वजनिक बिदा, लगातार चार दिन सरकारी कार्यालय बन्द हुने

काठमाडौं । सरकारले मुस्लिम समुदायको प्रमुख पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत आगामी जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ भनिएको छ ।

मन्त्रालयले बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा शुभकामना समेत व्यक्त गरेको छ ।

यो निर्णयसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा पर्नेछ भने त्यसपछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा रहनेछ ।

लगातारको बिदाका कारण सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाको सेवा प्रवाहमा केही प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । साथै आन्तरिक पर्यटन र यात्रु चाप पनि बढ्न सक्ने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार ०७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP