मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बमजन निर्दोष ठहर

1.1K
SHARES
सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बमजन निर्दोष ठहर

काठमाडौं । ‘लिटिल बुद्ध’को नामले परिचित रामबहादुर बमजन सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनविरुद्ध दायर गरिएको मुद्दामा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो । अदालतले वैशाख ८ गते नै फैसला सुनाएको थियो ।

बमजनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा उनी पुर्पक्षका लागि थुनामा रहेका थिए । फैसला पछि उनी कारागार कार्यालय सर्लाहीबाट रिहा भइसकेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा चितवनस्थित करिब ६४ लाख रुपैयाँ मूल्य बराबरको जग्गा तथा बरामद नगद रकमलाई आधार बनाएर मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामो अनुसन्धानपछि उनलाई २०८० पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउका बेला उनीसँग विभिन्न १७ देशका मुद्रा गरी करिब ३० लाख ९२ हजार रुपैयाँ बराबर विदेशी रकम र ३ करोड ३४ लाख रुपैयाँ नेपाली नगद फेला परेको थियो ।

यद्यपि बमजनविरुद्धको बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा भने अझै सर्वोच्च अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीले उक्त मुद्दामा २०८१ असार १७ गते उनलाई १० वर्ष कैद र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

पछि उच्च अदालत जनकपुरले २०८१ चैत ६ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई सफाइ दिएको थियो । त्यस निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि अहिले मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP