मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आंशिक बदलीसँगै देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

156
SHARES
आंशिक बदलीसँगै देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ, जसका कारण विभिन्न प्रदेशमा बदली देखिएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने अधिकांश स्थानमा मौसम सफा रहेको बताइएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा अहिले नै मध्यम वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका केही स्थानसहित मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्नेछ । यसबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १३, आईतवार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP