मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

429
SHARES
पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण देशभरको मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ ।

आज दिउँसो विशेषगरी कोशी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । साथै, अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा पनि यस्तो मौसमको प्रभाव देखिन सक्छ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ ।

आज रातिको समयमा भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि छिटफुट प्रभाव पर्न सक्ने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १०, मंगलवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP