मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप २०२६: सुपर–८ को समीकरण पूरा, अस्ट्रेलिया बाहिरिँदा जिम्बावे उदायो

988
SHARES
टी–२० विश्वकप २०२६: सुपर–८ को समीकरण पूरा, अस्ट्रेलिया बाहिरिँदा जिम्बावे उदायो

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत सुपर–८ चरणमा स्थान बनाउने आठ टोलीको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी रहँदै अन्तिम आठको समीकरण स्पष्ट भएको हो । यसपटक भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

चार समूहबाट शीर्ष दुई–दुई टोली सुपर–८ मा प्रवेश गरेका हुन् । समूह ‘ए’का सबै खेल सकिँदा भारत र पाकिस्तान अगाडि बढ्दा अमेरिका, नेदरल्याण्ड्स र नामिबिया प्रतियोगिताबाट बाहिरिए । उक्त समूहमा अमेरिकाले दुई जित र नेदरल्याण्ड्सले एक जित निकाल्दा नामिबिया भने अंकविहीन रह्यो ।

समूह ‘बी’बाट श्रीलंका र जिम्बावेले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणको यात्रा तय गरे । विश्व विजेता अस्ट्रेलिया भने समूह चरणमै रोकिनु यस विश्वकपको सबैभन्दा ठूलो उलटफेर बनेको छ । जिम्बावेसँगको हार अस्ट्रेलियाका लागि निर्णायक सावित भयो । आयरल्याण्ड र ओमान पनि यस समूहबाट बाहिरिएका छन् ।

नेपाल सहभागी समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर–८ को टिकट काटेका छन् । नेपाल, इटाली र स्कटल्यान्ड भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । वेस्ट इन्डिजले अन्तिम समूह खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

समूह ‘डी’मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले उत्कृष्ट लय कायम राख्दै अघिल्लो चरणमा स्थान बनाए । अफगानिस्तान, यूएई र क्यानडा भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब सुपर–८ का खेल शनिबारदेखि सुरु हुँदैछन् । समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे आमनेसामने हुनेछन् भने समूह–२ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहमा टोलीहरूले एक–अर्कासँग खेल्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने व्यवस्था छ ।

सुपर–८ को पहिलो खेलमै पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रो चरणको यात्रा प्रारम्भ गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ७, बिहीबार ०६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP