मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पक्राउ परे दुर्गा प्रसाईं

910
SHARES
पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले पक्राउको पुष्टि गर्दै काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि सोही आधारमा कारबाही गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

नेपाली कांग्रेसभित्रको विवाद सन्दर्भमा प्रसाईंले निर्वाचन आयोगमाथि गगन थापा पक्षलाई आधिकारिकता दिन करोडौँ रुपैयाँ लेनदेन भएको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले आपत्ति जनाउँदै प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

आयोगको उजुरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार ११:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP