मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुसेसले गर्यो ‘नाक येले थोचे र सिमिबु पिदारको शुभकामना

1.2K
SHARES
सुसेसले गर्यो ‘नाक येले थोचे र सिमिबु पिदारको शुभकामना

काठमाडौं । सुनुवार सेवा समाज (सुसेस), संघीय समिति काठमाडौंले किरात समुदायको नाक येले थोचे (नयाँ वर्ष) ५०८६ तथा सिम्बु पिदार को अवसरमा औपचारिक शुभकामना सन्देश जारी गरेको छ ।

समितिका अध्यक्ष अमृत बहादुर सुनुवारद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा किरात सुनुवार समुदायसहित सम्पूर्ण किराती समुदाय र देश–विदेशमा रहेका नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि र उन्नत प्रगतिका लागि कामना गरिएको छ ।

सन्देशमा माघ १ गते किरात समुदायअन्तर्गत सुनुवार, राई, लिम्बू लगायतका जातिहरूले आफ्ना–आफ्ना ऐतिहासिक, सांस्कृतिक पहिचानसहित नयाँ वर्ष मनाउँदै आएको उल्लेख गरिएको छ । यो पर्व किराती समुदायका लागि ऐतिहासिक मूल्य, मान्यता र संस्कारअनुसार मनाइने प्रमुख चाडका रूपमा स्थापित रहेको जनाइएको छ ।

नाक येले थोचेका अवसरमा प्रकृति र भूमिप्रतिको सम्मान व्यक्त गर्दै जलस्रोत, कुवा, पँधेरो वरपर सरसफाइ गर्ने, स्नान गरी अघिल्लो वर्षको अन्तिम दिनको राति पकाइएका कन्दमूल, फलफूल तथा खाद्य सामग्री अर्पण गरी पितृ पूजा गर्ने परम्परा रहेको उल्लेख गरिएको छ । साथै घरमा छोरीचेलीलाई टीका लगाई आशीर्वाद दिने, दान–दक्षिणा गर्ने, आफन्त र इष्टमित्रसँग भेटघाट तथा सामूहिक खेल, नाचगान र सांस्कृतिक गतिविधिमार्फत आपसी सद्भाव र एकता बलियो बनाउने चलन रहेको सन्देशमा समेटिएको छ ।

शुभकामना सन्देशमा ‘नाक येले थोचे’ र ‘समिबु पिदार’लाई आफ्ना मौलिक संस्कार र परम्पराअनुसार हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यस पर्वले सम्पूर्ण किरात समुदायमा ऐक्यबद्धता, सांस्कृतिक चेतना र सामाजिक एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १, बिहीबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP