मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित

1.1K
SHARES
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । यो निर्णय यही जनवरी २१ (माघ ७) देखि लागू हुने बताइएको छ । फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको आन्तरिक ज्ञापनपत्रका आधारमा यस्तो कदम चालिएको हो, जसको मुख्य लक्ष्य अमेरिका प्रवेश गर्ने विदेशीको संख्या घटाउनु रहेको छ ।

स्थगित सूचीमा एसियाली महादेशका २२ देश परेका छन् । ती देशमा नेपालसँगै अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन समावेश छन् ।

आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने उद्देश्यले प्रदान गरिने दीर्घकालीन भिसा हो । अमेरिकी विदेश मन्त्रालयले अब अमेरिका आएपछि सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर हुनसक्ने आशंका भएका व्यक्तिलाई कानुनी अधिकार प्रयोग गरी भिसा अस्वीकार गरिने जनाएको छ ।

यसैअनुसार अमेरिकी दूतावास तथा कन्सुलर अधिकारीहरूलाई जाँच तथा प्रमाणीकरण प्रक्रियाको पुनः समीक्षा सम्पन्न नभएसम्म अधिकांश आप्रवासी भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ । यो स्थगन कति समयसम्म लागू रहनेछ भन्नेबारे भने कुनै आधिकारिक समयसीमा तोकिएको छैन ।

विदेश मन्त्रालयका अनुसार डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता हालसम्म एक लाखभन्दा बढी भिसा रद्द भइसकेका छन् ।

उता अमेरिकी गृह सुरक्षा विभागले गत महिना मात्रै ६ लाख ५० हजारभन्दा बढी व्यक्तिलाई देश निकाला गरिएको र करिब २५ लाख जनाले स्वेच्छाले अमेरिका छोडेको जानकारी दिएको छ ।

अन्य प्रभावित देशहरू अफ्रिकी महादेशबाट अल्जेरिया, क्यामरुन, केप भर्डे, कोट डि’आइवर, कंगो, इजिप्ट, इरिट्रिया, इथियोपिया, गाम्बिया, घाना, गिनी, हैटी, लाइबेरिया, लिबिया, मोरक्को, नाइजेरिया, कंगो गणराज्य, रुवान्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, तान्जानिया, टोगो, ट्युनिसिया र युगान्डा रहेका छन् ।

त्यस्तै युरोपेली मुलुकबाट रुस, अल्बानिया, बेलारुस, बोस्निया, जर्जिया, कोसोभो, उत्तरी म्यासेडोनिया, मोल्डोभा र मोन्टेनेग्रो छन् ।

उत्तरी अमेरिका (क्यारिबियन सहित) बाट एन्टिगुआ र बारबुडा, बहामास, बार्बाडोस, बेलिज, क्युबा, डोमिनिका, ग्रेनाडा, हैटी, जमैका, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्स रहेको छ ।

दक्षिण तथा मध्य अमेरिकाबाट ब्राजिल, कोलम्बिया, उरुग्वे, ग्वाटेमाला र निकारागुआ परेका छन्।

यस निर्णयले अमेरिका जाने तयारीमा रहेका हजारौँ आप्रवासी आवेदकहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १, बिहीबार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP