मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन परिवर्तनको प्रतीक, भावी प्रधानमन्त्रीका रूपमा युवाको भरोसा : लामिछाने

2.6K
SHARES
बालेन परिवर्तनको प्रतीक, भावी प्रधानमन्त्रीका रूपमा युवाको भरोसा : लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेपालमा देखिएको राजनीतिक परिवर्तनको प्रमुख संकेतका रूपमा चित्रण गरेका छन् । बालेनको उदयले देशमा नयाँ राजनीतिक सम्भावनाको ढोका खोलेको र त्यसैले उनी भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको लामिछानेको भनाइ छ ।

मंगलबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बालेन शाहप्रति युवापुस्ताको विश्वास उच्च रहेको उल्लेख गरे । काठमाडौंको मेयर बनेपछि बालेनले देखाएको नेतृत्व र शैलीले परिवर्तनको आशा जगाएको उनको भनाइ थियो ।

“बालेन शाहको उदयसँगै नेपालमा परिवर्तनको झिल्को देखिएको हो । अब त्यस झिल्कोलाई हामीले राँकोको रूप दिँदै अघि बढिरहेका छौँ,” लामिछानेले भने, “युवाहरूले सबैभन्दा बढी रुचाएको व्यक्तिका रूपमा सहकार्यको सन्दर्भमा अहिले प्रधानमन्त्रीको दाबेदार नै बालेन शाह हुन् ।”

लामिछानेले परम्परागत राजनीतिक अभ्यासबाट सिर्जित विकृति र फोहोरलाई एकैपटक पन्छ्याएर देशलाई नयाँ युगतर्फ लैजान पछिल्लो राजनीतिक एकता गरिएको स्पष्ट पारे । उनका अनुसार यो सहकार्य देशको आवश्यकताअनुसार गरिएको समझदारी हो ।

“राजनीतिको सम्पूर्ण फोहोरलाई एकै झट्कामा हटाएर देशलाई यो युगबाट बाहिर निकाल्ने हाम्रो लक्ष्य हो,” उनले भने ।

चुनावी भागबण्डाको विषयमा उठेका प्रश्नको जवाफ दिँदै लामिछानेले आफूहरूले भाग होइन, जिम्मेवारी बाँडफाँट गरेको दाबी गरे । “बालेनजी, म र कुलमानजी एकसाथ जोडिँदा जनताले यसलाई उत्सवका रूपमा लिए,” उनले भने, “जनताको त्यही उत्साह र भरोसामै हाम्रो सहकार्य टेकेको छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १६, बुधबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP