मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जंगी अड्डामा प्रधानमन्त्री: निर्वाचन सुरक्षाबारे तीन बुँदे निर्देशन

1.4K
SHARES
जंगी अड्डामा प्रधानमन्त्री: निर्वाचन सुरक्षाबारे तीन बुँदे निर्देशन

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सेनाले गरिरहेको सुरक्षा तयारीको अवलोकन गरेकी छन् । निरीक्षणका क्रममा सेनाले वर्तमान सुरक्षा अवस्था, चुनौती तथा आगामी योजनाबारे विस्तृत ब्रिफिङ गरेको थियो । साथै निर्वाचन सुरक्षामा सेनाको भूमिका, संरचना र परिचालन मोडालिटीबारे पनि प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् स्थापन भएको सरकारले देशमा शान्ति–सुरक्षा पुनःस्थापना गरी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व रहेको उल्लेख गरिन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी अत्यन्त प्रभावकारी रूपमा पूरा गर्ने विश्वस्तता व्यक्त गरिन् ।

यस क्रममा प्रधानमन्त्रीले तीनवटै स्पष्ट निर्देशन दिइन्—
१. जनताको सुरक्षामा विश्वसनीयता र सहज वातावरण

  • नागरिकलाई सुरक्षाको दृढ प्रत्याभूति दिलाउने
  • प्रहरीको कारबाहीलाई सहज, सुरक्षित र सहयोगी बनाउने
  • सबै राजनीतिक दलका गतिविधि अवरोधविना सञ्चालन हुने वातावरण निर्माण गर्दै योजनाबद्ध रूपमा अघि बढ्ने

२. ‘रक्तपातरहित’ निर्वाचन सुनिश्चित गर्ने

  • आगामी चुनावमा एक थोपा समेत रगत नबग्ने र कसैलाई चोटपटक नपर्ने सुनिश्चितता
  • अघिल्लो चुनावका अनुभव र हालका संवेदनशीलताका आधारमा त्रुटिरहित सुरक्षा योजना निर्माण
  • सबै सुरक्षा निकायबीच मजबुत समन्वय गर्दै चुनावलाई शान्त, सुरक्षित र व्यवस्थित बनाउने

३. जेनजी आन्दोलनका समयमा हराएका हातहतियारको खोजी

  • आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियार खोजी तथा नियन्त्रणमा लिन सुरक्षा निकायसँग सहकार्य
  • फरार अपराधी पक्रन प्रहरीलाई पूरा सहयोग पुर्‍याउने
  • परिस्थितिलाई यथाशीघ्र सामान्य अवस्थामा ल्याउन सक्रिय कर्तव्यनिष्ठा कायम गर्ने

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार ०९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP