मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१०औँ राष्ट्रिय खेलकुद फागुनमा गर्ने निर्णय

1.4K
SHARES
१०औँ राष्ट्रिय खेलकुद फागुनमा गर्ने निर्णय

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्ष फागुन महिनामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२३औँ बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिएका छन् ।

गत वर्ष मंसिरमा सम्पन्न हुने तय भएको प्रतियोगिता मिति तीनपटकसम्म सारिँदै अन्ततः स्थगित भएको थियो, जसका कारण गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद आयोजनै हुन सकेको थिएन ।

नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकले प्रतियोगिताको नयाँ मिति तोकेको हो ।

स्मरणीय छ, सन् २०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन कार्यक्रममा कर्णाली प्रदेशमा १०औँ खेलकुद गर्ने निर्णयसहित झण्डा हस्तान्तरण गरिएको थियो । तर, भौतिक पूर्वाधारको कमी र प्राविधिक कारण देखाउँदै निर्धारित मंसिरमा आयोजना हुन सकेन ।

पछि चैतमा गर्ने निर्णय गरिएको थियो तर आर्थिक कारण देखाउँदै त्यो पनि स्थगित गरियो । पुनः जेठमा सारिएको मिति पनि कार्यान्वयन हुन नसकेपछि प्रतियोगिता अनिश्चितकालका लागि रोकिएको थियो ।

त्यसैगरी, बोर्ड बैठकले नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार १२:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP