मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

2.9K
SHARES
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार धुम्बाराहीबाट ताप्लेजुङका शेर्पालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अदालतले उनलाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

तीन वर्षअघि नै अदालतले दोषी ठहर गरे पनि शेर्पा शक्तिको आडमा सजाय भुक्तान नगरी फरार रहेका थिए । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि उच्च अदालतले पनि जिल्ला अदालतको फैसला कायम राखेको थियो ।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शेर्पालाई बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई कानूनी प्रक्रिया अघि बढाइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP