मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’, पाँचकुने तारा चिन्ह चयन

3.3K
SHARES
नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’, पाँचकुने तारा चिन्ह चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित नौ दलको एकताबाट बन्ने नयाँ राजनीतिक दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको मंगलबार बसेको अन्तिम बैठकपछि प्रवक्ता अग्नि सापकोटाले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

यसअघि गत शुक्रबार आठ दलबीचको प्रारम्भिक सहमतिमा चुनाव चिन्ह पाँचकुने तारा तय भए पनि पार्टीको नाम टुंगो लाग्न बाँकी थियो । मंगलबारको छलफलपछि नाम र संरचनाबारे सहमति जुटेको सापकोटाले जानकारी दिए ।

उनका अनुसार नयाँ दलको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते हुनेछ । सो सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलबीचको आपसी सहमति र समझदारीका आधारमा चयन गरिने छन् ।

“नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी हुनेछ, यसको चुनाव चिन्ह पाँचकुने तारा रहनेछ,” सापकोटाले भने, “एकता राष्ट्रिय महाधिवेशन भने आगामी छ महिनाभित्र सम्पन्न गरिनेछ ।”

उनले नयाँ पार्टीको केन्द्रीय समिति पनि आपसी सहमतिमा गठन गरिने उल्लेख गरे । प्रारम्भिक संरचनाअनुसार केन्द्रीय समिति र संगठनका सबै तहमा संयोजक र सह–संयोजकको व्यवस्था रहने छ ।

यससँगै लामो समयदेखि छलफलमा रहेको वाम एकताको प्रक्रिया औपचारिक रूपमा टुंगोमा पुगेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, ‘नेपाली कम्युनिस्ट पार्टी’ गठनले वामपन्थी शक्ति पुनः एक प्लेटफर्ममा ल्याउने प्रयासका रूपमा महत्वपूर्ण मोड लिन सक्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP