मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तिहारपछि सुनको भाउमा ११ हजार ६ सय रूपैयाँको भारी गिरावट

1.6K
SHARES
तिहारपछि सुनको भाउमा ११ हजार ६ सय रूपैयाँको भारी गिरावट

काठमाडौं । तिहार बिदापछि आइतबार खुलेको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ११ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ ।

कात्तिक ३ गते तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रूपैयाँ थियो । आइतबार भने मूल्य घटेर २ लाख ४१ हजार ९ सय रूपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा गत मंगलबार सुनको मूल्यमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको थियो । लगातार नयाँ रेकर्ड तोड्दै बढ्दै आएको सुन मंगलबार मात्र एकैदिन ६ प्रतिशतभन्दा बढीले घटेको थियो ।

‘द फाइनान्सियल टाइम्स’का अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,०८२ अमेरिकी डलरसम्म झर्‍यो, जुन सन् २०१३ अप्रिलपछि एकैदिनमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

गत शुक्रबारसम्म सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको थियो । शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले स्थानीय बजारमा त्यसको प्रभाव आइतबार देखिएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ । कात्तिक ३ गते चाँदीको मूल्य तीन हजार दुई सय ८० रूपैयाँ प्रतितोला थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार ०६:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP