मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्र बचाउनु मुख्य लक्ष्य, अध्यक्षताको मोह छैन : प्रचण्ड

3.9K
SHARES
राष्ट्र बचाउनु मुख्य लक्ष्य, अध्यक्षताको मोह छैन : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अध्यक्ष भएर बस्नैपर्छ भन्ने सोच नरहेको स्पष्ट पारेका छन् ।

बुधबार महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले राष्ट्र र जनताको हित नै आफूका लागि सर्वोपरि भएको बताएका हुन् ।

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन । राष्ट्र बचाउनु नै मुख्य हो । आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु,” उनले भने, “तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन । अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन ।”

कार्यक्रममा प्रचण्डले पार्टीको हालको धारणा, रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्दै मधेसमा आयोजित यो ऐतिहासिक कार्यक्रममा सहभागिता र पार्टी प्रवेशको लहरले माओवादी केन्द्र थप सशक्त बनेको दाबी गरे ।

उनले भने, “हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेनजी थियौँ । आजको दिनमा मधेसमा पहिलो पटक ६०५ जना जेनजी युवाहरू माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो ।”

प्रचण्डले माओवादी केन्द्र र जेनजी मिलेर आगामी चुनाव लड्नुपर्नेमा जोड दिंदै भने, “अरूले जेनजीका मागहरू पूरा गर्दैनन् । माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ ।”

कार्यक्रममा उनले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै देश सङ्कटमा रहेको बताए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ६ सयभन्दा बढी जेनजी युवासहितका व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ५, बुधबार १४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP